Friday, April 15, 2016

                                         भिडियो हेर्न तल click गर्नु होला

प्रतिक्रिया
1.6K
शेयर
 pramod_india

भर्खरै लास जलाएर मलामी घर फर्किएका थिए । जवान छोराको मृत्यु भएपछि बुवा आमा तथा परिवारजन मर्माहत तथा शोकाकूल अवस्थामा थिए । अब मरेको मानिस फर्किने भन्ने कुरा थिएन र केवल शोक गरेर आँशु चुहाउनुको विकल्प थिएन ।

तर एक्कासी घटनाले अविश्वसनीय मोड लियो जब मरेर लास समेत जलाइसकिएको छोराले फोन गरे र आफु सकुशल रहेको बताए ।

भारतको केरालास्थित पुतिंगल मन्दिरमा भएको हालैको आगलागीपछिको घटना हो यो । प्रमोद नामका ती युवकको आगलागीमा परी मृत्यु भएको  र उनको शव अस्पताालमा राखिएको खबर आएपछि प्रमोदका परिवारजन तथा आफन्तहरु अस्पताल पुगे ।

सनाखत गरी उक्त शव बुझेर ल्याए र घाटमा लगेर अन्तिम संस्कार पनि गरे । परिवारमा ठूलो शोक छाइरहेको थियो । तर जब लासको सतगत गरेर परिवाजन तथा मलामीहरु घर फर्किए तब मरे भनेर लास जलाइसकिएका ती युवक फोन आयो ।

प्रमोदले एक्कासी फोन गरेर आफु सकुशल रहेको बताएपछि केहीछिन अघि सम्म शोकाकुल रहेको त्यहाँको वातावरण एक्कासी उल्लासमय बन्यो ।

यसपछि बल्ला खुलासा भयो की प्रमोद ज्यूँदै थिए र जसलाई प्रमोदको लास भनेर सतगत गरियो त्यो अरु कुनै युवकको थियो । आगलागीको घटनामा घाइते भएर प्रमोद बेहोस बनेका रहेछन् ।

जब उनको होस आयो, उनले घरमा फोन ठोकिहाले । त्यति बेलासम्म परिवारले प्रमोदको मृत्यु भएको खबर पाएर, एउटा लास समेत बुझेर अन्तिम संस्करा समेत गरिसकेका थिए ।

१ सय ११ जनाको ज्यान जानेगरी मन्दिरमा भएको आगलागीमा प्रमोदको सरीरमा पनि विभिन्न ठाउँमा पोलेर घाउ बनेका छन् ।
Share this PostPin ThisEmail This
                                     भिडियो हेर्न तल click गर्नु होला

Share this PostPin ThisEmail This

Tuesday, April 12, 2016

                                   भिडियो हेर्न तल click गर्नु होला

Share this PostPin ThisEmail This
                                     भिडियो हेर्न तल click गर्नु होला

Share this PostPin ThisEmail This
                                             भिडियो हेर्न तल गर्नु click होला

  0
killed

आफुले बिहे गरेकी किशोरी भर्जिन नभएको भन्दै एक युवाले आफ्नै नवविवाहिता श्रीमतीको हत्या गरेका छन् ।

बिहे गरेर बेहुली भित्राएको रात नयाँ दुलहीसँग सुहागरात खुसीसाथ मनाउनुको साटो पाकिस्तानका एक युवकले दुलहीले बिहेअघि नै अरुसँग सेक्स गरेर कुमारित्व तोडिसकेको आरोप लगाएर श्रीमतीको हत्या गरेका हुन् ।

पाकिस्तानको सिन्धस्थित जाकोबाबादमा यो घटना भएको हो । २८ वर्षका क्वालान्दर बकस खोखरले आफ्नै भतिजी पर्ने १९ वर्षकी खान्जानी लशारीलाई बिहे गरेर सुहागरातमै हत्या गरेको बताइएको छ । विचरी ती किशोरीले भर्जिनिटी नभएको अभियोगमा बिहेकै रात बेहुली पहिरनमै आफ्नै लोग्नेबाट ज्यान गुमाउनु परेको छ ।

धुमधामसँग बिहे गरेर छोरी अन्माएका खान्जानीका बुवाले अर्को दिन छोरीलाई लिएर ज्वाइँ ससुराल आउँछन् भन्ने आशामा बसेका थिए । तर छोरी ज्वाइँ नआएर शंका लागेपछि उनी छोरीको घरमा पुगे ।

त्यहाँ कसैलाई पनि नदेखेपछि उनले प्रहरीलाई खबर गरे । प्रहरीले घरकेा ढोका तोडेर भित्र छिरी हेर्दा खान्जानीको शव पलंगमै लडिरहेको देखे । क्वालान्दर भने फरार भैसकेको थियो ।

खन्जादीका दाजुले हत्यारो ज्वाइँ क्वालान्दर र उसका ४ दाजुभाइ विरुद्ध आफ्नो बहिनीको हत्या गरेको अभियोगमा उजुरी दर्ता गरे । प्रहरीले बेपत्ता भएको क्वालान्दरलाई अन्ततः फेला पार्न सफल भयो । उसले प्रहरीबाट बच्नका लागि आफ्नै तिघ्रामा गोली हानेको थियो ।

प्रहरी समक्ष उसले श्रीमतीको हत्या गरेको स्विकार गरेको छ । आफुलाई बेहुली भर्जिन नरहेको शंका लागेपछि सुरुवालको तुनाले घाँटी थिचेर मारेको अनि भागेको उसको भनाई छ 
Share this PostPin ThisEmail This
भिडियो हेर्न तल click गर्नु होला 


 13  1
  0
३० चैत, कावासोती । नवलपरासीको गुठी प्रसौनी गाविस-३ कठहवा गाउँमा मंगलबार विहान आगलागी हुँदा ६ घर जलेका छन् । मंगलबार विहान करिब ८ बजे भएको आगलागीमा २ वटा ट्याक्टर र एउटा मोटरसाइकल पनि जलेका छन् ।

Fire-at-homeस्थानीय गोबरी मियाको चुल्होबाट सल्केको आगोले छिमेकी आंशिक अली, मुमताज अली, निजामुद्दिन अली, सराजुद्दिन अली र मोमताज अली समेतको घरमा आगो सल्केको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।

स्थानीय र सीमा सुरक्षा बल गुठी प्रसौनीका सशस्त्र प्रहरीको प्रयासमा आगो निभाइएको थियो ।

त्यसैगरी नवलपरासीको कावासोती नगरपालिका ३ फिलिम हल चोकमा ग्यास वेल्डिङ गर्ने क्रममा उछुटि्टएको झिल्काले ना ५ ख ९२४५ नम्बरको ट्रकको डिजल ट्यांकीमा आगो लाग्दा दुई जना घाइते भएका छन् ।

आगोले चालक देवचुली ८ निवासी गणेश न्यौपाने र सहचालक अनिल क्षेत्रीको अनुहारको भाग जलेको छ । उनीहरुको कालीगण्डकी अस्पतालमा उपचार भइरहेको छ ।

Share this PostPin ThisEmail This

                                      भिडियो हेर्न तल click गर्नु होला

दक्षिण भारतको महाबलीपूरममा एउटा यस्तो रहस्यमय ढुंगा छ जुन अनौठो प्रकारले झण्डै ४५ डिग्रीको झुकावमा अडिएको छ ।

कतिपय मानिसले उक्त शिला भगवानले ल्याएर त्यहाँ स्थापना गरेको विश्वास गर्दछन् भने कतिपयले अर्कै ग्रहको प्राणी अर्थात् एलियनको करामत भएको दाबी गर्दछन् ।

सन् १९०८ मा मद्रासका गभर्नर आर्थर ललीले उक्त ढुंगालाई सात हात्ति लगाएर तान्न खोज्दा पनि डेग चलाउन सकेनन् । उक्त ढुंगा झण्डै १३ सय वर्षदेखि त्यहाँ रहेको विश्वास गरिएको छ । ढुंगाको वजन झण्डै २ लाख २६ हजार किलो रहेको छ ।

stone

यो ढुंगा देख्दा निकै खतरनाक लाग्छ । जुनसुकै बेला पनि ढुंगा बुर्लुंगै पल्टिन्छ की जस्तो लाग्छ । तरपनि वर्षौँसम्म यो ढुंगा छिसिक्क धसिएको पनि छैन । त्यसैले त्यहाँ आउने पर्यटकहरु ढुंगासँगै अझ भनौँ ढुंगाकै मुन्तिर टाँसिएर तस्वीर खिचाउँछन् । यो ढुंगालाई भगवान कृष्णको मखनको डल्लो पनि भनिन्छ ।

यो ढुंगाको उचाइ २० फिट छ । यसरी ढल्किएर रहेको यो ढुंगाले साँच्ची गुरुत्वाकर्षणलाई नै चुनौति दिएको छ । स्थानीयका अनुसार भगवानले आफ्नो शक्ति देखाउनका लागि उक्त ढुंगालाई त्यसरी अड्याएर राखेका हुन् ।
Share this PostPin ThisEmail This