भिडियो हेर्न तल click गर्नु होला
0
३० चैत, कावासोती । नवलपरासीको गुठी प्रसौनी गाविस-३ कठहवा गाउँमा मंगलबार विहान आगलागी हुँदा ६ घर जलेका छन् । मंगलबार विहान करिब ८ बजे भएको आगलागीमा २ वटा ट्याक्टर र एउटा मोटरसाइकल पनि जलेका छन् ।
Fire-at-homeस्थानीय गोबरी मियाको चुल्होबाट सल्केको आगोले छिमेकी आंशिक अली, मुमताज अली, निजामुद्दिन अली, सराजुद्दिन अली र मोमताज अली समेतको घरमा आगो सल्केको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।
स्थानीय र सीमा सुरक्षा बल गुठी प्रसौनीका सशस्त्र प्रहरीको प्रयासमा आगो निभाइएको थियो ।
त्यसैगरी नवलपरासीको कावासोती नगरपालिका ३ फिलिम हल चोकमा ग्यास वेल्डिङ गर्ने क्रममा उछुटि्टएको झिल्काले ना ५ ख ९२४५ नम्बरको ट्रकको डिजल ट्यांकीमा आगो लाग्दा दुई जना घाइते भएका छन् ।
आगोले चालक देवचुली ८ निवासी गणेश न्यौपाने र सहचालक अनिल क्षेत्रीको अनुहारको भाग जलेको छ । उनीहरुको कालीगण्डकी अस्पतालमा उपचार भइरहेको छ ।