Monday, April 4, 2016

                          भिडियो हेर्न तल click गर्नु होला
२०७२ चैत २२ गते १४:५० मा प्रकाशित
 649  1
  0
Accident

फाइल तस्वीर
२२ चैत, काठमाडौं । काठमाडौंको गोल्फुटारमा आज बिहान भएको सवारी दुर्घटनामा परी अमिर घिमिरेको मृत्यु भएको छ ।

बूढानीलकण्ठ नगरपालिका–३ गोल्फुटारस्थित सडकमा बा ३ ख ७१० नम्बरको ट्रकले बा ३४ प ७८८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार घिमिरेको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको हो ।

मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २६ वर्षीय राजेन्द्र घिमिरे र १४ वर्षीय मुनक घिमिरेसमेत घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ ।

मोटरसाइकलमा तीनजना सवार थिए । दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । रासस

Share this PostPin ThisEmail This